काठमाडौंमा दुई दिने ‘रंग मिथिला हेरिटेज एण्ड कल्वरल फेस्टिवल’ हुँदै
काठमाडौं : काठमाडौंमा ‘रंग मिथिला हेरिटेज एण्ड कल्वरल फेस्टिवल’ हुने भएको छ।
मिथिला सभ्यातकाे समृद्ध कला, संस्कृति, संगीत तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि स्थापित संस्था ‘रंग मिथिला’ले आयोजना गर्न लागेको दुई दिने महोत्सव आगामी चैत १५ र १६ गते नेपाल पुलिस क्लबमा हुँदैछ।
कार्यक्रममा मिथिला कला, संस्कृति, संगीत तथा परम्पराको संरक्षण र प्रवर्धनका गर्ने उदेश्यले कार्यक्रम गर्न लागेको महोत्सव संयोजक संगम गुप्ताले जानकारी दिए।
उनले भने, ‘काठमाडौं देशको राजधानी रहेको र देशका अन्य भुगोलका व्यक्तिहरूले समेत मिथिलाको कला, संस्कृतिको बारेमा जान्ने अवसर पाउने भएकोले पनि काठमाडौंलाई कार्यक्रम स्थल बनाएको हो।’
दुई दिने उक्त महोत्सवमा मिथिला संस्कृतिको विविध पक्षहरूलाई उजागर गर्नको लागि विज्ञसँग कुराकानी गर्नुको साथै, प्यानल छलफल, परम्परागत प्रदर्शनी तथा अन्य विभिन्न सांस्कतिक प्रस्तुतिहरू हुने उनले बताए।
महोत्सवमा विभिन्न कलाकार, सांस्कृतिक व्यक्तित्व, विद्वान् तथा संस्कृति प्रेमीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममा कुटुम्ब ब्यान्डले समेत सांगीतिक प्रस्तुति रहनेछ।
चैत ११, २०८२ बुधबार १४:१०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।