ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु, ४ घाइते
ललितपुर : ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
आइतबार बिहान ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टाको पर्खाल भत्किंदा रुकुमकी ५५ वर्षीय तिल्सरी खड्काको मृत्यु भएको हो।
अन्य घाइते भएका रुकुम नै घर भएकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमालको उपचार भइरहेको छ।
चैत ८, २०८२ आइतबार १३:५५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।