पूर्वप्रधानमन्त्री देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान

पूर्वप्रधानमन्त्री देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ गएका छन्।

नियमित उपचार सकिएपछि थप स्वास्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी आज हङकङ गएका हुन्।

हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर पूर्वप्रधानमन्त्री देउवा नेपाल फर्कने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।

 देउवा फागुन १३ गते राति सिंगापुर गएका थिए।

चैत ७, २०८२ शनिबार १८:१०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।