गगनको राजीनामा अस्वीकृत हुने विश्वप्रकाशको संकेत, डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीको दोष लगाउन नहुने तर्क
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले शुक्रवार बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत हुने संकेत गरेका छन्।
केन्द्रीय समितिको बैठक डाँके लगत्तै गगनले बुधवार पार्टी सभापति पदबाट राजीनामा दिएको पत्र शर्मालाई बुझाएको सार्वजनिक भएको थियो। बिहीबार एक्समा शर्माले `नैतिक जिम्मा लिन्छु´ भन्नू सकारात्मक रहेको उल्लेख गर्दै यति बेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने रहेको र बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने लेखेका छन्।
“डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन” उनले लेखेका छन्।
नेपाली कांग्रेसको विशेष महाधिवेशन गरेर गगनको नेतृत्वमा पार्टी फागुन २१ को निर्वाचनमा सहभागीहुँदा उल्लेखनीय उपलब्धि नभएपछि गगनमाथि नैतिक रूपमा राजीनामा दिन दबाब बढेको थियो। गगनले बुधवार नैतिक जिम्मेवारी लिँदै राजीनामा समेत दिएका छन्। यसबारे निर्णय गर्न शुक्रवार पार्टीको बैठक बस्दै छ।
चैत ५, २०८२ बिहीबार १८:३४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।