सेयर बजारमा हरियाली, नेप्से ६४ अंकले बढ्दा २१ अर्ब बढीको कारोबार

सेयर बजारमा हरियाली, नेप्से ६४ अंकले बढ्दा २१ अर्ब बढीको कारोबार

काठमाडौं : बिहीबार सेयर बजारमा हरियाली छाएको छ। नेपाल स्टक एक्सक्चेञ्ज (नेप्से) ६४.६७ अंकले बढेर २८७७ विन्दुमा पुगेको छ। 

आज बजार खुलेदेखि निरन्तर उकालोमा रह्यो। नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

आज दिनभरमा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन १२ अर्ब ३ करोडको कारोबार भएको थियो।

२४० कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने २ को स्थिर रह्यो । 

सबै समूहका परिसूचक बढेका छन्। विकास बैंक समूह सबैभन्दा धेरै ३.९५ प्रतिशत बढ्यो । बैंकिङ ३.१६, फाइनान्स १.९४, होटल तथा पर्यटन १.७५, हाइड्रोपावर २.३०, लगानी १.७७, जीवन बीमा २.७६, उत्पादन तथा प्रशोधन १.८९, माइक्रोफाइनान्स १.२४, निर्जीवन बीमा १.८०, अन्य १.९७ तथा व्यापार ०.१६ प्रतिशत बढे।

यसदिन तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ।

कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंकको मूल्य १० प्रतिशत बढेको छ। सोलु हाइड्रोपावरको मूल्य  ९.९९, होटल फरेस्ट इनको ९.९६  प्रतिशतले बढ्यो।

नेपाल लाइफ समृद्धि लगानी योजनाको सर्वाधिक ५.१२ प्रतिशत मूल्य घट्यो।

आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, नेसनल हाइड्रोपावर, रिडी पावर, आँखुखोला जलसविद्युत् र माथिल्लो तामाकोशी छन्।

चैत ५, २०८२ बिहीबार १५:४०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।