दाङ र गुल्मीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं : दाङ र गुल्मी जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। दाङको देउखुरीमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ।
गढवा गाउँपालिका-५ मा रा १ त ३४२९ नम्बरको ट्याक्टरसँग रा ६ प १७६९ नम्बरको मोटरसाइकल ठोक्किँदा गढवा५ निवासी भानु रिजालको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका रिजालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गढवाका अनुसार दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।
त्यस्तै, गुल्मीको मदाने गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मदाने गाउँपालिका-१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्दलाई ट्याक्टरले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका चन्दको तम्घास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए।
गुल्मी प्रहरीले पनि दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
चैत ४, २०८२ बुधबार ०७:५५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।