निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिकतर्फ निर्वाचित सांसदको नाम

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिकतर्फ निर्वाचित सांसदको नाम

काठमाडौं : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको छ।

सार्वजनिक सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन्।

यसैगरी नेपाली कांग्रेसबाट २०, एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नौ, श्रम संस्कृति पार्टी र राप्रपाले चार/चार जना सांसद निर्वाचित भएको आयोगका सचिव एवं समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गत फागुन २१ गतेको निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकामा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएका थिए।

चैत २, २०८२ सोमबार २०:१९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।