सामान्य बढ्यो सुनको मूल्य, चाँदी भने घट्यो
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढ्दा चाँदी घटेको छ।
आइतबार प्रतितोला चार हजार आठ रूपैयाँ घटेको सुनको मूल्य आज एक सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला तीन लाख नौ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य भने घटेको छ। चाँदी ताेलामा पाँच रूपैयाँ घटेर पाँच हजार दुई सय ६५ मा कारोबार भइरहेको छ।
आइतबार चाँदी पाँच हजार दुई सय ७० रूपैयाँमा कारोबार भएको थियो।
चैत २, २०८२ सोमबार ११:५१:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।