ग्लोबल आइएमई बैंकद्वारा 'ग्लोबल मनि विक'मा विद्यार्थी र युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने

ग्लोबल आइएमई बैंकद्वारा 'ग्लोबल मनि विक'मा विद्यार्थी र युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने

एजेन्सी : ग्लोबल आइएमई बैंक लिमिटेडले 'ग्लोबल मनि विक २०२६' को अवसरमा विद्यार्थी र युवा लक्षित वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रम आयोजना गर्ने भएको छ। 

‘स्मार्ट मनि टक्स’ भन्ने मूल नाराका साथ मार्च १६ देखि २२ सम्म देशका सातवटै प्रदेशका विभिन्न शाखाहरूमार्फत यो सप्ताहव्यापी कार्यक्रम सञ्चालन हुनेछ।

यसका साथै, बैंकले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत पनि वित्तीय साक्षरतासम्बन्धी सामग्रीहरू प्रसारण गर्ने जनाएको छ।

चालु आर्थिक वर्षमा मात्रै बैंकका ७० भन्दा बढी शाखाहरूले यस्ता कार्यक्रम सम्पन्न गरिसकेका छन्।

उक्त कार्यक्रमहरूमा बचत, कर्जा, डिजिटल बैंकिङ, रेमिट्यान्स, बीमा, लगानी र वित्तीय ठगीबाट बच्ने उपाय तथा अनुशासन जस्ता महत्त्वपूर्ण विषयमा जानकारी गराइएको बैंकले जनाएको छ।

चैत २, २०८२ सोमबार ०८:५९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।