पेट्रोलमा लिटरको १५ रुपैयाँ बढ्यो, डिजेल/मट्टितेल १० रुपैयाँ महँगो भयो
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलमा १५ रुपैयाँ र डिजेल/मट्टितेलमा १० रुपैयाँ बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो।
बढेको मूल्यपछि पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल प्रतिलिटर १५२ रुपैयाँ पुगेको छ। यसअघि पेट्रोलको मूल्य लिटरमा १५७ र डिजेलको १४२ रुपैयाँ थियो।
मूल्य बढाउँदा समेत निगमलाई १५ दिनमा ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने निगमको दाबी छ। निगमका अनुसार भारतीय आयल कर्पोरशनबाट पेट्रोलमा ३१ र डिजेलमा ५४ रुपैयाँ बढेर आएको छ। एलपी ग्याँसमा प्रति सिलिन्डर २१६ बढेर आए पनि निगमले मूल्य बढाएको छैन।
चैत १, २०८२ आइतबार २३:२१:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।