राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस
काठमाडौं : सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
गृहमन्त्री अर्यालले निर्णय सुनाउँदै भने, "श्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।"
सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने एक जना सदस्य रिक्त थियो। यसअघि यो कोटामा नियुक्त नेकपाका वामदेव गौतमको कार्यकाल सकिएको थियो।
त्यस्तै जेनजी आन्दोलनको क्रममा भएको घट्ना जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गर्नेगरी मन्त्रिपरिषद्ले ग्रहण गर्ने पनि निर्णय भएको छ।
चैत १, २०८२ आइतबार १७:४२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।