जेनजी आन्दोलनको पुरै प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरू प्रदर्शनमा
काठमाडौं : भदौ २३ र २४ बारे न्यायिक जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी युवाहरूले काठमाडौं माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
आयोगले प्रतिवेदन बुझाए पनि सरकारले सार्वजनिक गरेको छैन। प्रधानमन्त्री सुशीला कार्कीले पुरै प्रतिवेदन सार्वजनिक नहुने तर प्रतिवेदनको सिफारिससम्म सार्वजनिक गर्न सकिने बताइसकेकी छिन्।
जेनजी युवाहरूले भने सबै प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहितलाई जघन्य अपराधमा अनुसन्धान अगाडि बढाउन सिफारिस भएको छ।
चैत १, २०८२ आइतबार १६:१९:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।