रास्वपाले छान्यो समानुपातिक सूचीबाट ४८ महिला र ९ पुरुष

रास्वपाले छान्यो समानुपातिक सूचीबाट ४८ महिला र ९ पुरुष

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ। 

आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नाम आयोगमा सिफारिस गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकले १७ जना खसआर्य, १६ जना जनजाति, तीन जना मुस्लिम, आठ जना दलित, नौ जना  मधेसी तथा चार जना थारु ‘क्लस्टर’बाट सिफारिस गरिएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले सञ्चारकर्मीहरूलाई बताए।

पार्टीले आजै सिफारिस भएकाहरूको सूची  निर्वाचन आयोगमा बुझाउने भएको छ। 

सूचीमा भएका नामहरू भने रास्वपाले सार्वजनिक नगर्ने भएको छ। निर्वाचन आयोगले यी नामावली रुजु गरेर प्रमाणित गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले जानकारी दिए।

चैत १, २०८२ आइतबार १४:२७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।