ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु, एक जना घाइते
सुनसरी : हरिनगर गाउँपालिका–१ मा गए राति ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।
भुटहाबाट हरिनगरतर्फ गइरहेको प्रदेश०१–०२–०५७प ४८९९ नम्बरको मोटरसाइकललाई उखु लिएर आइरहेको स १ ज ४९१४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय २५ वर्षीय दीपक दास र मिथुन दास गम्भीर घाइते भएका थिए। गम्भीर घाइते दीपकको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए।
अर्का घाइते मिथुनको विराटनगरमा उपचार भइरहेको उनले बताए। घटनाका विषयमा अनुसन्धान भइरहेको छ। ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजी भइरहेको छ।
चैत १, २०८२ आइतबार ११:०१:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।