मौसम पूर्वानुमान : आइतबार मेघगर्जनसहित उच्च भेगमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान : आइतबार मेघगर्जनसहित उच्च भेगमा हिमपातको सम्भावना

काठमाडौं : नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण देशका पहाडी तथा हिमाली भूभागमा बदली हुनुका साथै केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली छ। अहिले गण्डकी प्रदेशका थोरै स्थानहरू तथा कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आइतबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी र हिमाली भूभागमा साधारणतया बदली रहनेछ। बाँकी भूभागमा भने आंशिक बदली रहने देखिन्छ।

हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

तराईतर्फ लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।

आइतबार राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बदली रहनेछ। बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

चैत १, २०८२ आइतबार ०७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।