मनकामना दर्शन गरेर फर्कँदै गरेको इभी दुर्घटनामा सात भारतीयको मृत्यु

मनकामना दर्शन गरेर फर्कँदै गरेको इभी दुर्घटनामा सात भारतीयको मृत्यु

काठमाडौं : गोरखामा रहेको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भयो। दुर्घटनामा ८ जना घाइते भए। गाडीमा १५ जना भारतीय नागरिक सवार थिए। 

घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते अर्का एकको थप उपचारका लागि भरतपुर पठाइएको छ। 

राति करिब ८ बजे भएको दुर्घटनामा गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको थियो। 

फागुन ३०, २०८२ शनिबार २१:४०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।