सीजीले ल्यायो मिडियाका ५ नयाँ इन्डक्सन हब

सीजीले ल्यायो मिडियाका ५ नयाँ इन्डक्सन हब

काठमाडौं : विश्वव्यापी रूपमा इन्धन आपूर्तिमा देखिएको अनिश्चितता र ग्यासको मूल्यमा हुने उतारचढावका बीच सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा 'मिडिया' ब्रान्डका पाँच नयाँ मोडलका इन्डक्सन हब सार्वजनिक गरेको छ।

ग्यासको प्रभावकारी वैकल्पिक समाधानका रूपमा ल्याइएका यी इन्डक्सन हबहरूमा टच तथा पुस बटन कन्ट्रोल, ओभरहिटिङ प्रोटेक्सन र ऊर्जा बचत गर्ने जस्ता आधुनिक प्रविधि जडान गरिएको छ। 

कम्पनीका अनुसार नेपाली बजारमा हाल MC-CLC22W15 सहित पाँच फरक मोडलहरू उपलब्ध छन्, जसमा २४ महिनाको वारेन्टी प्रदान गरिएको छ।

चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले बढ्दो ऊर्जा चुनौतीका बीच सुरक्षित, छिटो र किफायती खाना पकाउन यी उपकरणहरू नेपाली भान्साका लागि उपयुक्त विकल्प हुने जनाएको छ।

फागुन २९, २०८२ शुक्रबार १७:४५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।