७०००एमएएच ब्याट्री र पानीभित्रै फोटो खिच्न मिल्ने ‘ओपो ए६’ नेपालमा सार्वजनिक, मूल्य कति?
काठमाडौं : ओपोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘ओपो ए६’ सार्वजनिक गरेको छ। लामो ब्याट्री लाइफ, मजबुत डिजाइन र उत्कृष्ट डिस्प्लेका लागि यो फोन निकै विशेष मानिएको छ।
७०००एमएएचको विशाल ब्याट्री छ भएक फोनमा ४५ वाटको सुपरभूक फास्ट चार्जर छ। यसमा ‘रिभर्स वायर्ड चार्जिङ’ सुविधासमेत छ, जसले अन्य डिभाइस चार्ज गर्न पनि सघाउँछ।
यस फोनको अर्को मुख्य आकर्षण भनेको ‘आईपी६९’ रेटिङ हो, जसले फोनलाई पानी र धुलोबाट जोगाउँछ। यसका कारण प्रयोगकर्ताले पानीभित्र पनि ढुक्कसँग फोटो र भिडियो खिच्न सक्छन्।
फोनमा १२० हर्जको एमोलेड अल्ट्रा-ब्राइट डिस्प्ले छ। ११२५ निट्ससम्मको ब्राइटनेसले चर्को घाममा पनि स्क्रिन स्पष्ट देख्न सकिन्छ।
फोनमा ५० मेगापिक्सेलको एआई मुख्य क्यामेरा छ। यसमा स्न्यापड्रागन ६एनएम चिपसेटको प्रयोग गरिएको छ, जसले गेम खेल्दा वा मल्टिटास्किङ गर्दा फोनलाई तात्न नदिन ‘सुपरकुल भीसी कूलिङ सिस्टम’ प्रयोग गरिएको छ।
नेपालमा ओपो ए६ को ८जीबी र्याम र २५६जीबी स्टोरेज भेरियन्टको मूल्य ३८ हजार ९९९ रुपैयाँ तोकिएको छ। यो फोन 'साफायर ब्लु' र 'अरोरा गोल्ड' गरी दुई रंगमा उपलब्ध छ।
कम्पनीले ग्राहकका लागि ४० प्रतिशत डाउन पेमेन्टमा ० प्रतिशत ब्याजदरको ‘ईएमआई’ सुविधा उपलब्ध गराएको छ। साथै, ११ अप्रिल २०२६ भित्र खरिद गर्ने ग्राहकले थप ‘एक्सटेन्डेड वारेन्टी’ पाउनेछन्।
फोनमा ५ वर्षसम्मको ‘स्मूथ फ्लुएन्सी’ को ग्यारेन्टीसमेत दिइएको छ। यो फोन ओपोका आधिकारिक स्टोरहरूबाट खरिद गर्न सकिन्छ।
फागुन २९, २०८२ शुक्रबार १२:०७:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।