एमाले अध्यक्ष ओलीलाई पितृशोक
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीका बुवा मोहनप्रसादको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल-कोरियामैत्री अस्पतालमा मृत्यु भएको हो।
मोहनप्रसादका दुई छोरा र तीन छोरी छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ।
रासस
फागुन २९, २०८२ शुक्रबार ०८:४८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।