ओपो ए६ नेपालमा सार्वजनिक
काठमाडौं : ओपोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘ओपो ए६’ सार्वजनिक गरेको छ। कम्पनीले लामो ब्याट्री लाइफ, आकर्षक डिस्प्ले र मजबुत डिजाइनलाई प्राथमिकता दिँदै स्मार्टफोन ल्याएको हो।
कम्पनीका अनुसार यस स्मार्टफोनको मुख्य विशेषता यसमा रहेको सात हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री हो, जसलाई ४५ वाटको सुपरभूक फास्ट चार्जिङले समर्थन गर्दछ। फोनमा १२०Hz रिफ्रेस रेटसहितको एमोलेड अल्ट्रा-ब्राइट डिस्प्ले प्रयोग गरिएको छ, जसको अधिकतम ब्राइटनेस ११२५ निट्ससम्म रहेको छ। यसले प्रयोगकर्तालाई घाममा पनि स्पष्ट दृश्यको अनुभव प्रदान गर्दछ।
क्यामेराको सन्दर्भमा, ओपो ए६ मा ५० एमपी एआई मुख्य क्यामेरा रहेको छ। यसमा अन्डरवाटर फोटोग्राफी र भिडियोग्राफीको विशेष सुविधा छ, जसलाई आइपी६९ वाटर र डस्ट रेसिस्टेन्स रेटिङले सुरक्षित बनाएको छ। ६ एनएम स्न्यापड्रागन चिपसेटद्वारा सञ्चालित यस फोनमा गेमिङ र मल्टिटास्किङका लागि एआई गेमबुस्ट र लिङ्कबुस्ट ३.० प्रविधि समावेश गरिएको छ।
फोनलाई चिसो राख्न 'सुपरकुल भीसी कुलिङ सिस्टम' र लामो समयसम्म कार्यक्षमता चुस्त राख्न ६० महिना (५ वर्ष) सम्मको 'स्मूथ फ्लुएन्सी प्रोटेक्सन' सुविधा यसमा रहेको छ।
नेपाली बजारमा ८जीबी र्याम र २५६जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यस स्मार्टफोनको मूल्य ३८ हजार ९९९ रुपैयाँ तोकिएको छ। ग्राहकले ४० प्रतिशत डाउन पेमेन्ट गरी शून्य प्रतिशत ईएमआई सुविधामार्फत यो फोन खरिद गर्न सक्नेछन्। साथै, ११ अप्रिल २०२६ भित्र खरिद गर्ने ग्राहकलाई विस्तारित वारेन्टीसमेत प्रदान गरिने कम्पनीले जनाएको छ।
फागुन २८, २०८२ बिहीबार १४:२९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।