नेतृत्व परिवर्तन र चुनावी हारबारे पार्टीमा समीक्षा हुने झाँक्रीको भनाई

नेतृत्व परिवर्तन र चुनावी हारबारे पार्टीमा समीक्षा हुने झाँक्रीको भनाई

काठमाडौं : एमाले नेतृ एवं नवनिर्वाचित राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले पार्टी नेतृत्व परिवर्तनका विषयमा तत्काल कुनै निर्णय नहुने बताएकी छन्।

राष्ट्रिय सभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको नेतृत्व परिवर्तनबारे अहिले नै बोल्न सकिने अवस्था नरहेको बताइन्।

"तत्काल एमालेको नेतृत्व परिवर्तन हुन्छ वा हुँदैन भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन। यसबारे एजेण्डा नै बनेको छैन। पार्टीको बैठक बिना एजेण्डा बन्दैन," उनले भनिन्।

पार्टीको मत घटेको विषयमा भने पार्टीभित्र गम्भीर समीक्षा हुने उनले बताइन्। पार्टी आफ्ना नीति र कार्ययोजनामा कहाँ चुक्यो र जनताका अपेक्षा पूरा गर्न के-कस्ता कमीकमजोरी भए भन्ने विषयमा बैठक बसेरै निष्कर्ष निकालिने उनको भनाइ छ।

उनले भनिन्, "एमालेको मत घट्नुमा बैठक बसेर समीक्षा हुन्छ। बैठकको समीक्षाबाट नै यी कुराहरू बुझ्न सकिनेछ। हामी कहाँ चुक्यौं, के गर्नुपर्थ्यो, जनताको अपेक्षा के थियो र के पूरा गर्न सकेनौं भन्ने विषयमा समीक्षा गर्न बाँकी छ।"

फागुन २५, २०८२ सोमबार २१:०५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।