गोर्खा-२ मा रास्वपाका कवीन्द्रले २६ हजार ६ सय मत पाउँदा चक्रे मिलनको जम्मा तीन हजार
गोरखा : प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कवीन्द्र बुर्लाकोटीले जितेका छन्। मतगणनाअनुसार बुर्लाकोटीले २६ हजार ६ सय ६० मत पाएर विजयी भए।
निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेका अनुसार उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दुवाडीले ११ हजार ७ सय मत पाए। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले ११ हजार ७३ मत पाए।
एमालेका उम्मेदवार मिलन गुरुङले तीन हजार ८७ मत मात्र पाए। कूल एक लाख ८ हजार ५ सय ३३ मतदाता रहेको निर्वाचन क्षेत्रमा ५७ हजार १ सय ५६ मत खसेको थियो। खसेकोमध्ये ५४ हजार १ सय ४७ मत सदर र तीन हजार नौ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
फागुन २४, २०८२ आइतबार २१:४९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।