कैलालीका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिनस्वीप’
काठमाडौं : कैलालीका पाँचै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू निर्वाचित भएका छन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवाली विजयी भएकी छन्। ज्ञवालीले १७ हजार ८६२ मत प्राप्त गरेकि छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई झण्डै पाँच हजार मतले पराजित गरिन्। चौधरीले १२ हजार ८६७ मत ल्याएका छन्।
कैलाली २ मा रास्वपाका केपी खनाल विजयी भएका छन्। खनालले १९ हजार ५७ सय मत प्राप्त गरे। दोस्रोमा रहेका नागरिक उन्मुक्ति पार्टी नेपालका पतिराम चौधरीले ११ हजार ९४९ मत प्राप्त गरे। साथै एमालेका सूर्यबहादुर थापाले सात हजार ८८६ मत प्राप्त गरे।
कैलाली ३ मा रास्वपाका जगतप्रसाद जोशी निर्वाचित भएका छन्। जोशीले २० हजार ३५९ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपाका वीरमान चौधरीले ११ हजार ९८३ मत प्राप्त गरे। नेपाली कांग्रेसका भीम बडुवालले नाै हजार ७०६ मत ल्याए।
त्यसैगरी, कैलाली ४ मा रास्वपाका खेमराज कोइराला १७ हजार २५५ मतान्तरसहित विजयी भएका छन्। कोइरालाले २८ हजार ५५६ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरख बहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरेका छन्। यसैगरी एमालेका लेखराज भट्टले ९ हजार ४४४ मत प्राप्त गरेका छन्।
कैलाली ५ मा रास्वपाका उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन्। रास्वपाका चन्दले ३१ हजार ९५३ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत र नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आलेले सात हजार ८७६ मत मत प्राप्त गरेका छन्।
फागुन २४, २०८२ आइतबार १५:४७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।