बर्दिया–१ मा रास्वपाका ठाकुरसिंह थारू विजयी
काठमाडौं : बर्दिया क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार ठाकुरसिंह थारू विजयी भएका छन्। थारूले ४९ हजार ६३१ मत प्राप्त गरे।
उनका निकटतम प्रतिस्पर्धी एमालेका सालिकराम अधिकारीले १४ हजार ६४३ मत ल्याए।
नेपाली कांग्रेसका उमेदवार संजयकुमार गौतम १२ हजार ७२२ मत ल्याएर तेस्रो भए। नेपाली कम्युनिस्ट पार्टीका विष्णुप्रसाद चौधरीले नौ हजार २८५, नागरिक उन्मुक्ति पार्टीका अब्दुल खानले पाँच हजार ७२४ मत पाए।
फागुन २४, २०८२ आइतबार १२:१९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।