सिराहाका चार वटै क्षेत्रमा रास्वपा विजयी

सिराहाका चार वटै क्षेत्रमा रास्वपा विजयी

सिराहा : प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिराहाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।  

सिराहा १ मा रास्वपाका बब्लु गुप्ता ४१ हजार ३२२ मतसहित निर्वाचित भएका छन्।

उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गर्दै विजयी भए। कांग्रेसका चौधरीले ९ हजार ७८४ मत पाउँदा एमालेका रामशंकर यादवले ७ हजार ८८६ मत पाए भने नेकपाका रामचन्द्र यादवले २ हजार ८५३ मत पाए। 

सिराहा २ मा रास्वपाका शिवशंकर यादव ३९ हजार ५६१ मतसहित विजयी भएका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र यादवले १२ हजार ८१४ मत ल्याए। यादव २६ हजार ७४७ फराकिलो मतान्तरले विजयी भए।

त्यस्तै, एमालेका नविन यादव ६ हजार ७१३ मतसहित तेस्रो स्थानमा छन्। नेपाली कम्युनिष्ट पार्टीका मुक्ति नारायण सिंहले ३ हजार ६८० मत प्राप्त गर्दै चौथो स्थानमा रहे। 

त्यसैगरी, सिराहा ३ मा रास्वपाका उम्मेदवार डा. शम्भु यादव ३२ हजार २४९ मत प्राप्त गर्दै विजयी भए। 

यादवले ३२ हजार २४९ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी सोही क्षेत्रका पूर्व सांसद एमालेका लिलानाथ श्रेष्ठले १० हजार १५६ मत प्राप्त गरी दोस्रो स्थानमा रहे। नेकपाका विश्वनाथ साहले ९ हजार ९४२ मत, नेपाली कांग्रेसका सुभाषचन्द्र यादवले ९ हजार ८७९ मत पाए।

सिराहा ४ मा रास्वपाका तपेश्वर यादव २८ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्। यादवले ३६ हजार २१० मत प्राप्त गर्दै जित हासिल गरे।

यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका अजयशंकर नायकले ७ हजार ९७२ मत प्राप्त गरे। यस्तै जनमत पार्टीका डा. वीरेन्द्रप्रसाद महतोले ५ हजार ४१ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्दा एमालेका धर्मनाथ साह ४ हजार २२७ मतसहित चौथो स्थानमा रहे।

फागुन २४, २०८२ आइतबार ११:१९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।