श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खता, आरेन राई निर्वाचित
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई निर्वाचित भएका छन्। निर्वाचन परिणामअनुसार राई १६ हजार ६१२ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरे। नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत, नेपाल कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन्।
यस जितसँगै हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले खाता खोलेको छ। खोटाङ पार्टी अध्यक्ष साम्पाङको गृह जिल्ला पनि हो।
फागुन २४, २०८२ आइतबार ०९:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।