रविले भने : रास्वपाले जित्दैमा बत्तीको स्विच थिचेजस्तो परिवर्तन हुन्न

रविले भने : रास्वपाले जित्दैमा बत्तीको स्विच थिचेजस्तो परिवर्तन हुन्न

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीले जिते लगत्तै बत्तीको स्विच थिचेजस्तो परिवर्तन सम्भव नहुने बताएका छन्।

चितवन २ मा निर्वाचन जितेपछि समर्थकहरूलाई सम्बोधन गर्दै उनले सुशासनको मागसहित भएको जेनजी आन्दोलनको मर्मअनुसार पार्टीले सरकार बनाएको पहिलो घण्टाबाटै काम सुरु गर्ने बताए। उनले विधिको शासन बसाल्न पार्टीले काम गर्ने बताए।

आफ्नो पार्टीको सरकार बन्यो भन्दैमा प्रहरी र प्रशासन चलाउने काम नगर्ने भन्दै उनले भने, "हामी कसैसँग बदला लिन्नौं। तर हिसाब चैँ राख्छौं।"

रास्वपाको शत्रु कोही पनि नभएको भन्दै उनले सडक, सिचाइ र स्वास्थ्य सुधार्नु प्रमुख जिम्मेवारी रहेको भन्दै अब सरकारको प्रमुख प्राथमिकता नै सुशासन र विधिको शासन हुने बताए।

फागुन २३, २०८२ शनिबार १९:०५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।