कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी
कास्की : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्।
आज घोषणा गरिएको अन्तिम मत परिणामअनुसार रास्वपाका उम्मेदवारले तीन वटै क्षेत्रमा फराकिलो अन्तरको जित निकालेका हुन्।
कास्की क्षेत्र नं १ मा रास्वपाका खडकराज पौडेल ‘गनेस’ ३९ हजार ८८३ मत ल्याएर निर्वाचित भए। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार २१४ मत प्राप्त गरे।
यस्तै, एमालेका वैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४२९ र नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले दुई हजार ४७९ मत प्राप्त गरे।
यसैगरी कास्की–२ मा रास्वपाका उत्तमप्रसाद पौडेलले ३१ हजार ९११ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका रश्मी आचार्यले सात हजार ४९३ मत प्राप्त गरे।
यस्तै, नेपाली कांग्रेसका माधव बास्तोलाले छ हजार ५०० मत प्राप्त गरे।
कास्की–३ मा रास्वपाकी उम्मेदवार बिना गुरुङ ३७ हजार ७५० मत ल्याएर विजयी भइन। निकटतम प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० र एमालेका दामोदर पौडेलले सात हजार ९०६ मत प्राप्त गरे।
कास्कीमा कुल तीन लाख आठ हजार ५७२ मतदाता रहेकामा एक लाख ८८ हजार ७६ मत खसेको थियो। प्रदेश निर्वाचन कार्यालयका अनुसार कास्की–१ मा ७० हजार १५०, कास्की–२ मा ५२ हजार ५१९ र कास्की–३ मा ६५ हजार ४०७ मत खसेको थियो।
फागुन २३, २०८२ शनिबार १८:१०:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।