झापा ५ मा २४ हजार मत गन्न बाँकी हुँदा बालेन ३८ हजार मतले अगाडि

झापा ५ मा २४ हजार मत गन्न बाँकी हुँदा बालेन ३८ हजार मतले अगाडि

काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा ५ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह भारी मतका साथ अग्रता लिइरहेका छन्।

हालसम्म बालेनले ३८ हजार ६५ मतले अग्रता गरिरहेका छन्। १ लाख ६ हजार ३७२ मत खसेकोमा ८२ हजार ११८ मत गणना गरिसकिएको छ।

जसमा बालेनले ५२ हजार ९६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीले १४ हजार ३१ मत मात्र प्राप्त गरेका छन्।

यस्तै, नेपाली कांग्रेसका मंधरा चिमोरियाले १४१७ मत प्राप्त गर्दा नेकपामा रञ्जित तामाङले ९९६ मत पाएका छन्।

फागुन २३, २०८२ शनिबार १४:१९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।