नुवाकोट-२ मा कांग्रेसका जगदीश्वर नरसिंह केसीलाई हराउँदै रास्वपाका अचुत्तम लामिछाने विजयी
नुवाकोट : नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित निकालेको छ।
रास्वपाका उम्मेदवार अचुत्तम लामिछानेले नेपाली कांग्रेसका प्रभावशाली नेता जगदीश्वर नरसिंह केसीलाई १६ हजार ५५१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अचुत्तम लामिछानेले ३२ हजार ५४ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जगदीश्वर नरसिंह केसीले १५ हजार ५०३ मत प्राप्त गरे।
यस क्षेत्रमा अन्य दलहरूको नतिजा भने निकै कमजोर देखिएको छ। एमालेका उम्मेदवार केशवराज पाण्डे तेस्रो स्थानमा सीमित भएका छन्। उनले ८ हजार २८५ मत मात्र प्राप्त गरे।
त्यसैगरी, चौथो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टीका हिरानाथ खतिवडाले ६ हजार ७२० मत ल्याएका छन्।
फागुन २३, २०८२ शनिबार १२:५१:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।