ललितपुर–१ मा कांग्रेसका सहमहामन्त्री राणालाई हराउँदै रास्वपाका महर्जन विजयी
ललितपुर : ललितपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन २३ हजार ३७३ मतका साथ विजयी भएका छन्।
निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार ईशा सुवेदीका अनुसार रास्वपाका महर्जनले नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणालाई ९ हजार ८५३ मतले पछि पार्दै जित हासिल गरेका हुन्।
प्रतिस्पर्धी उम्मेदवार राणाले १३ हजार ५२० मत प्राप्त गरेका छन्। त्यस्तै ६ हजार ५४६ मत प्राप्त गरी एमालेका उम्मेदवार चेतनाथ सञ्जेलले तेस्रो स्थान हासिल गरेका छन्र।
यहाँ निर्वाचन क्षेत्रमा कूल ७७ हजार ७३७ मतदाता रहेकामा ५२ हजार ६३२ मत खसेको थियो। खसेको मतमध्ये दुई हजार ४९ मत बदर भएको छ।
फागुन २३, २०८२ शनिबार ११:३०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।