बागलुङका दुवै क्षेत्रमा रास्वपा विजयी
बागलुङ : बागलुङ जिल्लामा दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।
बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका सुशिल खड्का विजयी भएका छन्।
सुरुआती चरणबाटै मतान्तर बढाउँदै लगेका खड्काले प्रतिस्पर्धी कांग्रेसका भीम श्रीसलाई ८ हजार ९८३ मतले पछाडि पार्दै विजयी भएका हुन्।
बागलुङ क्षेत्र नम्बर १ मा खसेको जम्मा ४८ हजार ९३२ मतमा रास्वपाका खड्काले २० हजार ९२७ मत प्राप्त गरेका थिए। नेपाली कांग्रेसका श्रीसले ११ हजार ९४४ मत प्राप्त गरेका छन्।
यस्तै, एमालेका हीराबहादुर केसीले ८ हजार ६४०, राजमोका कृष्ण अधिकारीले ४ हजार ५२१ मत र राप्रपाका कल्याणविक्रम आचार्यले ५२३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिए।
यस्तै, बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी भएका छन्। उनले १२ हजार ६४७ मत प्राप्त गरेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
उनका निकटतम प्रतिस्प्रर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गरेका छन्। एमालेकी मञ्जु चालिसेले सात हजार ८६४ र नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गरेका छन्।
फागुन २३, २०८२ शनिबार ११:२०:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।