रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित
काठमाडाैं : रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. लेखजङ्ग थापा ५८ हजार ८१४ मत प्राप्त गरी निर्वाचित भएका छन्।
मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गरेका छन्।
एमालेका उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गरेका छन्। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका गौरव बोहराले ७ हजार ७८९ मत प्राप्त गरे।
फागुन २३, २०८२ शनिबार ११:१०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।