कैलाली १ मा रास्वपाकी कोमल ज्ञवाली विजयी
काठमाडौं : कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवाली विजयी भएकी छन्।
ज्ञवालीले १७ हजार ८६२ मत प्राप्त गरेकि छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई झण्डै पाँच हजार मतले पराजित गरिन्।
चौधरीले १२ हजार ८६७ मत ल्याएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौराले आठ हजार ३९२ मत पाएका छन् भने एमालेका उम्मेदवार द्वारिकलाल न्यौपानेको चार हजार ४९३ मत ल्याएका छन्।
फागुन २३, २०८२ शनिबार १०:४६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।