बझाङमा एमालेका ऐन महर विजयी

बझाङमा एमालेका ऐन महर विजयी

बझाङ : प्रतिनिधिसभा निर्वाचन बझाङमा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी भएका छन्।

कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीलाई दुई हजार २३९ मतान्तरले पछि पार्दै महर विजयी भएका हुन्।

कूल ५७ हजार ९९४ मत खसेकामा महरले १८ हजार ५४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी रसाइलीले १६ हजार ३०४ मत प्राप्त गरे।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेशकुमार सिंहले नौ हजार २६३ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले नौ हजार ७५७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिए।

त्यस्तै नेकपा माओवादीका उम्मेदवार भरत मल्लले ५०४, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदार विश्वप्रकाश जेठाराले ४०५ र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार दलबहादुर बोहराले ४१ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत बनेपालीले बताए।

फागुन २३, २०८२ शनिबार १०:३०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।