पर्वतमा रास्वपाका सागर भुसाल विजयी
पर्वत : पर्वतमा रास्वपाका उम्मेदवार सागर भुसाल २६ हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन्।
भुसाल निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीभन्दा १० हजार ६०७ मतको फराकिलो अन्तरमा विजयी भएका निर्वाचन आयोगले जनाएको छ।
कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार पदम गिरीले १५ हजार ७५ मत प्राप्त गरेका छन्।
पर्वतमा प्रतिनिधिसभा सदस्यका लागि चार स्वतन्त्रसहित १३ वटा राजनीतिक दलबाट गरी १७ जना उम्मेदवार चुनावी मैदानमा होमिएका थिए।
फागुन २३, २०८२ शनिबार १०:०१:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।