ईश्वर पोखरेलले भने- ‘रास्वपाको जित आश्चर्यजनक’
काठमाडौं : एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले देशभरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जितलाई ‘आश्चर्यजनक विजय अभियान’ को संज्ञा दिएका छन्।
काठमाडौं-५ मा पराजित भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले रास्वपाका २९ वर्षीय उम्मेदवार सस्मित पोखरेल बधाई दिँदै यस्तो भनेका हुन्।
वर्षौंदेखि यस क्षेत्रबाट चुनाव लड्दै आएका एमालेका संस्थापक नेता पोखरेल र नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलजस्ता प्रभावशाली नेताहरूलाई पछि पार्दै सस्मितले जित हासिल गरेपछि पोखरेलले यस्तो प्रतिक्रिया जनाएका हुन्।
उनले विजयी उम्मेदवारलाई बधाई दिँदै भनेका छन्, ‘रास्वपाको आश्चर्यजनक विजयी अभियानप्रति शुभकामना! आगामी दिनमा राष्ट्रिय हित, मुलुकको सार्वभौमसत्ता र अखण्डताको रक्षा तथा सुशासनमा ध्यान केन्द्रित हुन सकोस्।’
फागुन २३, २०८२ शनिबार ०८:५२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।