काठमाडौं–३ मा राजु पाण्डेको अग्रता कायमै, कुलमान घिसिङ ४ हजार बढी मतले पछाडि

काठमाडौं–३ मा राजु पाण्डेको अग्रता कायमै, कुलमान घिसिङ ४ हजार बढी मतले पछाडि

काठमाडौं : काठमाडौं  निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राजुनाथ पाण्डेले अग्रता कायमै राखेका छन् ।

हालसम्म सार्वजनिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाण्डेले ११ हजार ९७२ मत पाएर अग्रता कायमै राखेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ७ हजार ७४५ मत पाएका छन्।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले ४ हजार १३३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार रामेश्वर फुयालले २ हजार १०१ मत पाएका छन्। 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर राम बोहराले ५१४, नेपाली कम्युनिस्ट पार्टीका निरज लामाले ३००, श्रम संस्कृति पार्टीका सुवास घिसिङले २६१ मत प्राप्त गरेका छन्।

फागुन २२, २०८२ शुक्रबार १८:१४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।