समानुपातिकतर्फ रास्वपालाई ५० प्रतिशतभन्दा धेरै भोट, एमाले राप्रपाभन्दा पनि पछि
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ।
निर्वाचन आयोगका अनुसार १९ हजार ७२८ मतगणना हुँदा रास्वपा ११ हजार ५६२ मतसहित पहिलो स्थानमा छ। प्रारम्भिक मतगणनाअनुसार यो ५० प्रतिशतभन्दा धेरै भोट हो।
त्यस्तै, ३ हजार ६६४ मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा रहँदा तेस्रो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ हजार ७५२ मत पाएको छ। मुलुकको ठूलो दल एमालेको समानुपातिक मतपरिणाम अनुसार राप्रपाभन्दा पनि पछि परेको छ। एमाले १ हजार १५२ मतसहित चौथो स्थानमा छ।
अन्य दलहरूतर्फ श्रम संस्कृति पार्टीले ४४१ र नेपाली कम्युनिष्ट पार्टीले ३९२ मत प्राप्त गरेका छन्। आयोगका अनुसार यो विवरण देशभरका मतगणना स्थलबाट प्रणालीमा प्रविष्ट भएको प्रारम्भिक नतिजा मात्र हो।
फागुन २२, २०८२ शुक्रबार १८:००:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।