नुवाकोट-१ : प्रारम्भिक मतगणनामा प्रकाशशरण महत तेस्रो, एमाले पाँचौं
नुवाकोट : बागमती प्रदेशअन्तर्गत नुवाकोट जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।
सुरुवाती मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महत तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ।
निर्वाचन आयोगको प्रारम्भिक तथ्यांकअनुसार रास्वपाका उम्मेदवार विक्रम तिमिल्सिनाले १९५ मत प्राप्त गर्दै अग्रस्थान कायम गरेका छन्। उनलाई उज्यालो नेपाल पार्टीका उम्मेदवार अमित तामाङले १४६ मतसहित पछ्याइरहेका छन्।
नेपाली कांग्रेसका प्रभावशाली नेतासमेत रहेका उम्मेदवार प्रकाशशरण महत भने १३६ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएका छन्। उनी अग्रस्थानमा रहेका रास्वपाका तिमिल्सिनाभन्दा ५९ मतले पछाडि छन्।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार हितबहादुर तामाङले ७२ मत पाएका छन् भने एमालेका उम्मेदवार बद्री मैनाली ६६ मतसहित पाँचौं स्थानमा रहेका छन्।
फागुन २२, २०८२ शुक्रबार १७:१३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।