काठमाडौं- १ मा रञ्जुको विजय उत्सव (तस्बिरहरू)
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु दर्शना १५ हजार ४५५ मतसहित विजयी भएकी छन्।
उनको शानदार जितसँगै नयाँ बानेश्वरस्थित सहकारी विभागको मूल गेटबाहिर रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरूले भव्य खुसीयाली मनाइरहेका छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा २१ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी दर्शनाको यो तेस्रो चुनावी प्रतिस्पर्धा हो।
विवेकशील साझा पार्टीको पूर्वमहासचिवसमेत रहेकी उनी यसै निर्वाचनअघि मात्र रास्वपामा प्रवेश गरेकी थिइन्।
हेर्नुहोस् रञ्जुको जितपछि बानेश्वरमा देखिएको उत्सवका केही झलकहरू:










फागुन २२, २०८२ शुक्रबार १६:२५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।