ललितपुर ३ मा तोसिमा ७ हजारभन्दा बढी मतले अगाडि
काठमाडाैं : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नं. ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता कायम गरेकी छन्।
हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ८ हजार ८७९ मत प्राप्त गरेकि छन्।
यस्तै नेपाली काँग्रेसका जितेन्द्र कुमार श्रेष्ठले एक हजार ४९९ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका राज काजी महर्जनले ९१२ र एमालेका सन्दन थापा मगरले ६३६ मत प्राप्त गरेका छन्।
फागुन २२, २०८२ शुक्रबार १५:५७:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।