काठमाडौँ–९ : रास्वपाका अर्यालकाे अग्रता कायमै

काठमाडौँ–९ : रास्वपाका अर्यालकाे अग्रता कायमै

काठमाडौं : प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै रहेको छ।

रास्वपाका उम्मेदवार डोलप्रसाद अर्यालले नाै हजार ७८ मत प्राप्त गरेका छन्। सो क्षेत्रमा नेपाली कांग्रेसका नानुमैया बाँस्कोटाले एक हजार ७६२, एमालेका उम्मेदवार अजय क्रान्ती श्रेष्ठले एक हजार ४१५ मत प्राप्त गरेका छन्।

यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार राधाकृष्ण महर्जनले २५४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलकुमार कार्कीले ३९७ मत प्राप्त गरेका छन्।

फागुन २२, २०८२ शुक्रबार १५:०६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।