अर्घाखाँचीमा रास्वपाका भुसालको अग्रता

अर्घाखाँचीमा रास्वपाका भुसालको अग्रता

बुटवल : अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिप्रसाद भुसालले प्रारम्भिक मतगणनामा अग्रता बनाएका छन्।

शुक्रबार बिहानदेखि सुरु भएको मतगणनाअनुसार हालसम्म सन्धिखर्क नगरपालिका वडा नम्बर १, २, ३ र ४ को मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार भुसालले २ हजार ७०७ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल ‘मुस्कान’ले १ हजार ४०४ मत प्राप्त गरेका छन्। त्यस्तै एमालेका उम्मेदवार पीताम्बर भुसालले १ हजार ३७८ मत पाएका छन्।

फागुन २२, २०८२ शुक्रबार १४:४४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।