ओली र बालेनको निर्वाचन क्षेत्रमा ६५ प्रतिशत मत खस्यो, एक लाख ६ हजार मतदाता सक्रिय

ओली र बालेनको निर्वाचन क्षेत्रमा ६५ प्रतिशत मत खस्यो, एक लाख ६ हजार मतदाता सक्रिय

काठमाडौं : प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा जम्मा ६० प्रतिशत मात्र मतदान भए पनि सर्वाधिक चासो भएको झापा-५ मा भने ६५.११ प्रतिशत मत खसेको छ।

झापा ५ मा एक लाख ६३ हजार मतदाता रहेकोमा एक लाख ६ हजार मत सकेको छ। यो क्षेत्रका उम्मेदवारहरूमध्ये एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।

यी दुबै जना आ-आफ्नो दलबाट भावी प्रधानमन्त्रीको रुपमा प्रस्तावित नेता हुन्। बालेन्द्र ‌ओलीको गढ भत्काउने रणनीति अनुसार झापा ५ मा गएका थिए भने ओली आफ्नो किल्ला जोगाउन निकै सक्रिय थिए।

उनी यस पटक आफ्नो निर्वाचन क्षेत्र बाहेक बाहिर गएनन्। उनी झापा ५ मै केन्द्रीय भए। बालेन्द्र पार्टीको प्रचारमा रोड शोसँगै सभाहरूमा समेत सहभागी भएका थिए। 

निर्वाचन आयोगका अनुसार झापाको पाँचै निर्वाचन क्षेत्रमा ६४ प्रतिशत मत खसेको छ। त्यसमा क्षेत्र नम्बर १ मा ६३.९५ प्रतिशत, क्षेत्र नम्बर २ मा ६५.२५ प्रतिशत, क्षेत्र नम्बर ३ मा ६२.७९ प्रतिशत र क्षेत्र नम्बर ४ मा  ६३.८५ प्रतिशत खसेको छ।

फागुन २१, २०८२ बिहीबार २०:१५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।