काठमाडौंमा मतपेटिका सङ्कलनका दृश्यहरू (फोटो फिचर)

काठमाडौंमा मतपेटिका सङ्कलनका दृश्यहरू (फोटो फिचर)

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौंमा मतदान सम्पन्न भएपछि अहिले विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी गणनास्थलतर्फ लैजाने कार्य भइरहेको छ। 

साँझ ५ बजे मतदान सकिएसँगै सुरक्षाकर्मी र निर्वाचन कर्मचारीको रोहवरमा मतपेटिकाहरू सिलबन्दी गरी निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउन लागिएको हो।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। उनले जिल्लाभर करिब ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए। खड्काले अबको केही समयभित्रै सबै केन्द्रका मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन भइसक्ने र त्यसलगत्तै गणना प्रक्रिया अघि बढाइने बताए।

मतपेटिका सङ्कलन भइसकेपछि सर्वदलीय बैठक बस्ने र आजै मतगणना सुरु गर्ने तयारी गरिएको छ। आयोगले प्रत्यक्षतर्फको मत परिणाम गणना सुरु भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने लक्ष्य राखेको छ। 

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि स्थान निर्धारण गरिसकिएको छ। काठमाडौंका विभिन्न मतदान केन्द्रबाट मतपेटिका सुरक्षित तवरले गणनास्थलतर्फ लैजाँदै गरेको दृश्य तस्बिरमा हेर्नुहोस्।

फागुन २१, २०८२ बिहीबार १९:०२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।