प्रतिनिधी सभा निर्वाचनमा जम्मा ६० प्रतिशत मत खस्यो
प्रतिनिधि सभाको निर्वाचनमा देशभर जम्मा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ। २०७९ को मतदानको तुलनामा कम मतदान भएको हो। आयोगले देशभर सङ्कलित तथ्याङ्कको आधारमा प्रारम्भिक अनुमान गरेको बताएको छ।
करिब १० लाख नयाँ मतदाता थपिएकाले यस पटक खस्ने मत प्रतिशत बढ्ने अनुमान थियो। नेतृत्व चयनप्रति युवा पुस्ताको चासोले पनि मत प्रतिशत बढ्ने भनिए पनि उल्टो कम खसेको हो। २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ ६१ प्रतिशत मत खसेको थियो।
निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अहिलेको तथ्यांक अनुमानित रहेको र सबै क्षेत्रबाट तथ्यांक आएपछि मत प्रतिशत बढ्न सक्ने बताए।
फागुन २१, २०८२ बिहीबार १८:२५:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।