तस्बिरमा हेर्नहोस् भक्तपुरको मतदान

तस्बिरमा हेर्नहोस् भक्तपुरको मतदान

भक्तपुर : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भक्तपुरका विभिन्न मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ।

जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रका मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरू लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। मतदानमा युवादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिता छ। 

शारीरिक रूपमा अशक्त तथा हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकहरू आफन्तको सहयोगमा मतदान स्थलसम्म पुगेर मत खसालिरहेका छन्। ज्येष्ठ नागरिक, अशक्त, बिरामी र सुत्केरीहरूका लागि लाइनमा बस्न नपर्ने गरी छुट्टै व्यवस्था मिलाइएको छ।

निर्वाचनलाई व्यवस्थित बनाउन मतदान केन्द्रहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीलगायतका सुरक्षा निकायले मतदान स्थलको सुरक्षा र भिड व्यवस्थापन गरिरहेका छन्। निर्वाचन आयोगका अनुसार जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। 

बिहानको तुलनामा दिउँसो पख मतदान केन्द्रहरूमा मतदाताको चाप केही कम देखिए पनि मतदान गर्नेक्रम भने निरन्तर जारी छ।

फागुन २१, २०८२ बिहीबार १७:०८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।