गण्डकीमा खस्यो ४९ प्रतिशत मत

गण्डकीमा खस्यो ४९ प्रतिशत मत

गण्डकी : प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जारी मतदानअन्तर्गत गण्डकी प्रदेशमा करिब ४८ प्रतिशत मत खसेको छ।

प्रदेशअन्तर्गत ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा हालसम्म (पौने ३ बजेसम्म) करिब ४८ प्रतिशत मत खसेको प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिए। सबै जिल्लामा उत्साहपूर्ण रूपमा मतदान भइरहेको उनले बताए।

गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ जना मतदाता रहेका छन्, जसमा महिला नौ लाख ५५ हजार ५१६ जना, पुरुष नौ लाख १४ हजार ५३५ जना र अन्य १४ जना रहेका प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ।

फागुन २१, २०८२ बिहीबार १६:३३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।