उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डीगढी नगरपालिका–९ को हँडियाबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०५००२ क १८२७ नम्बरको मोटरसाइल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकमा सवार सोही नगरपालिका—५ का १८ वर्षीय समीर चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो।
दुर्घटनामा सोही स्थानका १८ वर्षीय मौषम चौधरी र २३ वर्षीय अशोक चौधरी घाइते भएका छन्। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरन्जन थापाले जानकारी दिए।
फागुन २१, २०८२ बिहीबार १५:४६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।